Online Bichar
मंगलबार, बैशाख ०१, २०८३ | Tuesday, April 14, 2026

झगेन्द्र खड्का
गौरादह, २८ भदौ । गौरादह नगरपालिका वडा नं २ दहलु गाउँमा बिजुलीका तार घर माथि हुँदा स्थानीय बासिहरु जोखमपूर्ण रुपमा बस्न बाध्य भएका छन्। दहलु गाउँमा धेरै बर्ष अगाडि देखि बस्दै आएका सतार समुदायको बाहुल्यता रहेको गाउँमा उनीहरुले बनाएको फुसको छाना भएको घरको सिधैमाथि धुरी छुने गरी बिजुलीको चार फेस लाइन रहेको छ।

घर भिटा मात्र भएकाले उनिहरु अन्य ठाउँमा सरेर बस्न सक्ने अवस्था छैन।विद्युत प्राधिकरणले सडक आसपासमा रहेका घरहरुमा बिद्युत सुबिधा उपलब्ध गराउन घरहरुका आसपासमा खम्बा गाढेपछि समस्या आएको हो।

सडक साँघुरो हुँदा राखिएका बिद्युतका खम्बा केही पछाडि सारिदा बिधुतका नाङ्गो तार घरमाथि परेका हुन्।दहलु गाउँमा करिब ४ सय मिटर क्षेत्रमा २२ वटा घरमाथि बिद्युतको नाङ्गो तार रहेको छ।

गरिबीका रेखामुनि रहेका सिमान्तकृत सन्थालहरुको फुसको घरमा उच्च जोखिममा रहेको छ।बिधुत ट्रान्सर्फमरमा कुनै प्रकारको गडबडी आएमा वा हावा हुरीका कारण बिद्युतका खम्बा लडेमा वा तार चुडिएमा गाउँ ध्वासत हुनुको साथै ठूलो मात्रामा जनधनको क्षति हुने निस्चित छ।बिद्युतका कारण जनधनको क्षेती हुनबाट जोगाउन बिद्युतका खम्बा र तार यथासिघ्र सार्न जरुरी छ।

फुसको छानो भएका घर सालै पिच्छे छाउनु पर्ने भएकाले बिधुतको नाङ्गो तार छानाको नजिकै भएकाले ज्यान जोगाएर घर छाउनु परेको स्थानीय सीताराम मर्डी बताउँछन्।हावापानी आउदा सुरक्षित हुनओत लाग्ने घरको माथि बिजुलिका तार भएकाले आफूहरु असुरक्षित भएको मर्डीले बताए।घरको धुरी नजिकै बिजुलीको तार हुनु, आसपासमा हरिया रुख समेत रहेकाले हावाहुरी चलेको समयमा घरभित्र बस्नपनि डरमर्दो भएको स्थानीय राजु हेम्रमले बताए।बिजुलीका खम्बा र तार सारेर यस गाउँका मानिसको ज्यान जोगाउन र जनधनको क्षति हुनबाट जोगाउन स्थानीय सरकारको ध्यानजान जरुरी भएको हेम्रमले बताए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

सडक साँघुरो हुँदा सडक छेउमा राखिएका बिजुलीका खम्बा सडक बिस्तार गरिदा कहींसडका बीचमा परेका छन।गाउँ बस्तीमा राखिएका बिधुतका खम्बा र तार केही सडकका बिचमा परेका छन् भने केही घरका छाना माथि तार परेका छन्।सडकका बीचमा परेका बिद्युतका खम्बा सडक भन्दा बाहिर नसार्दा दुर्घटनाको जोखिम बढेको छ।घरको छाना माथि परेका बिद्युतको तार नसार्दा जनधनको क्षति हुने थाहा हुदाहुदै पनि स्थानीय सरकार मौन छ।स्थानीय सरकारले सडकमा परेका बिधुतका खम्बा सार्ने र घरमाथि रहेका बिद्युतका नाङ्गा तार सार्ने काममा खासै चासो देखाएको छैन।

बिधुत सम्बन्धि समस्या भएका वडाहरुमा सम्बन्धित वडा कार्यलयले नगरपालिकामा जानकारी गराएपछि नगरकार्यपालिकाले समस्या समाधानका लागि पहल गर्ने गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले जानकारी गराए।बिगत आर्थिक बर्षमा बिजुलीका पोल सार्न नगरपालिकाले केही रकम बिनियोजन गरेपनि बिद्युत प्राधिकरण सँग समन्वय हुन नसक्दा काम अधुरै रहेको मेयर शाहले जानकारी गराए।बिधुतका पोल वा तारका कारण नागरिकको जनघनको क्षति हुने भएमा त्यसको समाधानका लागि वडा कार्यलयले नगरपालिकामा लिखित जानकारी गराएमा बिद्युत प्राधिकरण सँग समन्वय गरि खम्बा सारिने मेयर शाहले बताए।

नागरिकको ज्युधनको सुरक्षा र क्षतिको न्युनिकरण गर्न स्थानीय सरकार अग्रसर रहेको बताउदै मेयर शाहले नागरिकहरुले पनि आफूहरुलाई परेका समस्या निर्धक्क साथ नगरपालिकामा आएर राख्न आग्रह गरेका छन।फुसको छाना हटाउन टिन वितरण गर्ने सरकारको कार्यक्रमको प्रभावकारीता माथि पनि प्रश्न उठेको देखाउछ यो जोखिममा बाँचिरहेको सन्थाल बस्तिले ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments