Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, २७ भदौ २०७७ । मिनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा कार्यरत ३ नर्ससहित ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालका कोभिड इन्चार्ज डा‍. विदेश विष्टका अनुसार स‌ंक्रमण नियन्त्रणकै लागि खटिएकी एक सिनियर नर्ससहित शल्यक्रिया कक्ष तथा रगतरोग विभागमा कार्यरत नर्सहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै उनका अनुसार अस्पतालका सुरक्षा गार्ड, एक लेखाका कर्मचारी र हेल्परलाई पनि कोरोना संक्रमण देखिएको छ । उनका अनुसार सबैलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ ।

डा. विष्टका अनुसार सबैको स्वास्थ्य अवस्था हाललाई सामान्य नै देखिएको छ ।

तपाईको प्रतिक्रिया