Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, २७ भदौ २०७७ । मुलुकभर आज थप १ हजार २ सय १ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप १ हजार २ सय १ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ८ सय ५२ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार १ सय ७६ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ८ लाख ३१ हजार ३ सय ६२ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ३ सय ५४ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित हुनेको संख्या १५ हजार २ सय ६० जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ६ हजार १ सय ५३ जना र संस्थागत आइसोलेसनमा ९ हजार १ सय ७ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा सुनसरी, सर्लाही, काठ्माडौं, चितवन, ललितपुर र रुपन्देही गरि ६ जिल्ला रहेका छन् ।

यस्तै, सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी ७ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।
हालसम्म १ सय ६० जना संक्रमित आइसियुमा रहेका छन् भने, २४ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यसैबीच, कोभिड-१९ का कारण आज थप १४ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकमा ३ महिला र ११ जना पुरुष रहेको बताए ।

जसमा पर्साकी ७८ वर्षीया महिला, काठ्माडौं की ७६ वर्षिया महिला र तनहुँ की ७६ वर्षिया महिला रहेका छन् । यस्तै, सुनसरीका ४३ वर्षिय पुरुष, काठ्माडौंका ५१ र ५४ वर्षिय पुरुष, भक्तपुरका ३८ र ७२ वर्षिय पुरुष, चितवनका ६१ व्र्षिय पुरुष, स्यांङजाका ८५ वर्षिय पुरुष, गोरखाका ४५ वर्षिय पुरुष, कास्कीका ५१ वर्षिय पुरुष र रुपन्देहीका ६० र ४० वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको छ ।

तपाईको प्रतिक्रिया