Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

शान्ति सुब्बा
दमक, २६ भदौ २०७७ । झापाको दमकमा समुदायका थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा ६ जना महिला र ३ जना पुरुष रहेका छन् ।

यहि भदौ २३ गते समुदायका र क्वारेन्टाइनका गरि १ सय ५ जनाको स्वाब संकलन गरि वी.पी. कोइराला विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाइएकोमा हिंजो १ जनाको कोरोना पोजेटिभ आएको थियो । आज थप ९ जनामा कोरोना पोजेटिभ पुष्टी भएको दमक स्वास्थ्य शाखा अधिकृत नगेन्द्र भट्टराइले जानकारी दिए ।

१ सय ५ मध्ये हिंजो र आज गरि १० जनाको रिपोर्ट पोजेटिभ र बाँकी ९५ जनाको रिपोर्ट नेगेटिभ आएको भट्टराइले बताए ।
आज संक्रमण पुष्टी हुनेहरु दमक नगरपालिका-९ का ३ पुरुष र ३ महिला  गरि ६ जना, दमक-७ की २ महिला र वार्ड नं. २ की १ महिला रहेका छन् । उनिहरु ७ वर्ष देखि १०६ वर्ष उमेर समूहका रहेका छन् ।

आज ९ जना कोरोना संक्रमित थपिए सँगै दमकमा हालसम्म ४० महिला र ८९ पुरुष गरि १ सय २९ जना कोरोना संक्रमित पुष्टी भएका छन् ।

यस्तै, हालसम्म २४ महिला र ७४ पुरुष गरि ९८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ३१ जना कोरोना संक्रमित बिरामी विभिन्न आइसोलेसनमा उपचाररत रहेको पुष्टी भएको दमक स्वास्थ्य शाखा अधिकृत नगेन्द्र भट्टराइले जानकारी दिए ।

यस्तैगरी हालसम्म पीसीआर रिपोर्ट पोजेटिभ भेटिएका स्थानीयका ९० जना रहेका छन् भने, विभिन्न मुलुकबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका ३९ जनामा कोरोना पोजेटिभ भेटिएको भट्टराइले बताए ।

तपाईको प्रतिक्रिया