Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, २६ भदौ २०७७ । मुलुकभर आज थप १ हजार ४ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप १ हजार ४ सय ५४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ९ सय ७२ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार ७ सय १ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ८ लाख २१ हजार १ सय ८६ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ७८ सय जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित हुनेको संख्या १४ हजार ९ सय २५ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ६ हजार ६ सय ३४ जना र संस्थागत आइसोलेसनमा ८ हजार २ सय ९१ जना रहेका छन् ।
यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा सुनसरी, सर्लाही, काठ्माडौं, चितवन र रुपन्देही गरि ५ जिल्ला रहेका छन् । यस्तै, सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी ७ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।

हालसम्म १ सय ७० जना संक्रमित आइसियुमा रहेका छन् भने, २५ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यसैबीच, कोभिड-१९ का कारण बाट थप ५ जनाको मृत्यु भएको छ ।
प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृतकमा १ महिला र ४ जना पुरुष रहेको बताए । जसमा मोरङकी ४० वर्षीया महिलासहित महोत्तरीका ६५ वर्षीय, धनुषाका ४५ वर्षीय, काठमाडौँका ७० वर्षीय र नवलपरासीका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ ।

तपाईको प्रतिक्रिया