Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

शान्ति सुब्बा
कमल, २६ भदौ २०७७ । झापाको कमल गाउँपालिकामा समुदायका ६२ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । जसमा २७ महिला र ३५ जना पुरुष रहेका छन् ।

संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरिएको कोभिड-१९ व्यवस्थापन कार्यमा खटिनुभएका स्वास्थ्यकर्मी इन्द्र प्रसाद अर्यालले जानकारी दिए ।

कोरोना संक्रमण हुन सक्ने आशंकामा कन्ट्याक्ट ट्रेसिङका आधारमा कमल गाउँपालिका भित्र रहेका समुदायका व्यक्तिहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि प्रदेश ल्याब विराटनगर पठाइएको जनाइएको छ । आज स्वाब संकलन गरिएकाहरु १८ महिना देखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरु रहेका छन् ।

यस्तैगरी, कमलमा हालसम्म १७ महिला र ३० पुरुष गरि ४७ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । आज थप १४ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै हालसम्म ३१ जना संक्रमित निको भएर घर फर्किएका छन् भने, कमल-३ का एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

यस्तै, हालसम्म शहिद धर्मभक्त मा.वि.केर्खाको आइसोलेसनमा ६ पुरुष , होम आइसोलेसनमा ४ महिला र ५ पुरुष गरि ९ जना गरि कुल १५ जना संक्रमित बिरामी उपचारको क्रममा रहेको कमल गाउँपालिकाको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

यस्तै, हालसम्म शहिद धर्मभक्त मा.वि. केर्खाको क्वारेन्टाइनमा १ जना पुरुष, १ जना होम क्वारेन्टाइनमा र १ जना होटल क्वारेन्टाइनमा गरि हालसम्म ३ जना क्वारेन्टाइनमा रहेको जनाइएको छ ।

कमलमा हालसम्म १३ महिला र ८० पुरुष गरि ९३ जनाको आर.डि.टि. विधिबाट नमुना परिक्षण गरिएको छ भने, २ सय ७६ महिला र ७ सय ८५ पुरुष गरि १ हजार ६१ जनाको पीसीआर परीक्षण गरिएको कमल गाउँपालिकाको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया