Online Bichar
मंगलबार, बैशाख ०८, २०८३ | Tuesday, April 21, 2026

कमल, २६ भदौ २०७७ । झापाको कमल गाउँपालिकामा १९ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना संक्रमित भई आइसोलेसनमा बसेका  र क्वारेन्टाइनका गरि २० जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाइएकोमा १९ जनाको रिपोर्ट नेगेटिभ आएको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङले जानकारी दिए । जसमा ९ महिला र ११ जना पुरुष रहेका थिए ।

यहि भदौ २५ गते ९ जना महिला र ६ जना पुरुष गरि १५ जना आइसोलेसनका र ५ जना क्वारेन्टाइनका गरि २० जनाको स्वाब संकलन गरि पठाइएकोमा आज १९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने, आइसोलेसनमा रहेका १ जनाको रिपोर्ट होल्डमा रहेको कोभिड-१९ व्यवस्थापन कार्यमा खटिनुभएका स्वास्थ्यकर्मी इन्द्र प्रसाद अर्यालले जानकारी दिए ।

रिपोर्ट होल्डमा रहने कमलगाउँपालिका ३ नं. वार्ड की १ जना महिला रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments