Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, २५ भदौ २०७७ । देशभर १ हजार २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ४ सय २ महिला र ८ सय ४४ पुरुष रहेका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय १८ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ११ हजार १ सय ४४ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ८ लाख १० हजार ४ सय ८५ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार ५ हजार ८ सय ६ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित हुनेको संख्या १४ हजार ४ सय ४८ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ६ हजार ४ सय ३८ जना र संस्थागत आइसोलेसनमा ८ हजार १० जना रहेका छन् ।

यस्तै, मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा सुनसरी, सर्लाही, काठ्माडौं, चितवन र रुपन्देही गरि ५ जिल्ला रहेका छन् । यस्तै, सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी ७ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।

हालसम्म १ सय ६५ जना संक्रमित आइसियुमा रहेका छन् भने, २१ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यसैबीच, कोभिड-१९ का कारण बाट थप ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ महिला र ४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ५५ वर्षीय महिला, ५९ वर्षीय पुरुष र ८३ वर्र्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका डा जागेश्वर गौतमले बताए ।
चितवनमा ६२ वर्षीय पुरुष र कपिलवस्तुमा २९ वर्षीय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ ।

तपाईको प्रतिक्रिया