Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

शान्ति सुब्बा

कमल, २५ भदौ २०७७ । झापाको कमलगाउँपालिकामा आज समुदायका थप १ जनाकोे पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टी भएका पुरुष र हिंजो संक्रमण पुष्टी भएका पुरुष एकै घरका बाबु छोरा सम्बन्ध रहेको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्ले जानकारी दिए । उनिहरु दुवैको पीसीआर परीक्षणको रिपोर्ट होल्डमा राखिएको थियो ।

यहि भदौ २१ गते कन्टयाक्ट ट्रेसिङका आधारमा समुदायका ४ जना, क्वारेन्टाइनका ८ र आइसोलेसनमा रहेका ८ जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाइएकोमा यसअघि १८ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ । बाँकी २ जनाको होल्डमा राखिएको थियो ।

जसमध्ये बाँकी रहेको २ जनामा हिंजो  २५ वर्षिय १ पुरुषमा  संक्रमण पुष्टी भएको थियो भने, १ जनाको आज कोरोना संक्रमण पुष्टी भएको थुलुङ्ले जानकारी दिए । आज संक्रमण पुष्टी हुने ५५ वर्षीय पुरुष रहेका छन् । उनि कमलगाउँपालिका-६ का स्थानीयबासी रहेको जनाइएको छ ।

यसैबीच, आज १ जनामा संक्रमण पुष्टी भएसँगै कमलमा कोरोना पोजेटिभको संख्या १७ महिला र ३० पुरुष गरि ४७ पुगेको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्ले जानकारी दिए । ४७ कोरोना संक्रमित मध्ये हालसम्म १७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् भने, कमल-३ का १ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

यस्तैगरि, हालसम्म शहिद धर्मभक्त मा.वि. केर्खाको आइसोलेसनमा ४ महिला र ६ पुरुष गरि १० जना, होम आइसोलेसनमा ८ महिला र ११ पुरुष गरि १९ जना गरि कुल २९ जना संक्रमित बिरामी उपचारको क्रममा रहेको कमल गाउँपालिकाको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया