Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, २४ भदौ २०७७ । मुलुकभर आज थप १ हजार ८१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप १ हजार ८१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ९ सय १८ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ हजार ८ सय ८२ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ११ हजार १ सय ६७ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ७ लाख ९९ हजार ३ सय ६१ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ५ हजार ४ सय ८० जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित हुनेको संख्या १५ हजार २५ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ७ हजार ३७ जना र संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८८ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरङ, सुनसरी, सर्लाही, काठ्माडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही गरि ८ जिल्ला रहेका छन् ।

यस्तै, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र सल्यान गरी ५ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।
हालसम्म १ सय ६२ जना संक्रमित आइसियुमा रहेका छन् भने, २२ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।

यसैबीच, कोभिड-१९ का कारण बाट थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ महिला र ३ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका डा जागेश्वर गौतमले बताए ।

यस्तै कास्कीमा ७३ वर्षीया महिला, अर्घाखाँँचीमा ४२ वर्षीय पुरुष, बाँकेमा ८० वर्षीया महिला र नवलपरासीमा ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ ।

तपाईको प्रतिक्रिया