Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

शान्ति सुब्बा
कमल, २३ भदौ २०७७ । झापाको कमलगाउँपालिकामा १८ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । यहि भदौ २१ गते समुदायका र क्वारेन्टाइनका गरि २० जनाको स्वाब संकलन गरि पठाइएकोमा १८ जनाको रिपोर्ट नेगेटिभ आएको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्ले जानकारी दिए ।

जसमा क्वारेन्टाइनमा बसेका ८ जना, यसअघि कोरोना पोजेटिभ पुष्टी भएकाहरुको १ महिला र ७ पुरुष गरि ८ जना र समुदायका ४ मध्ये २ जनाको रिपोर्ट नेगेटिभ आएको थुलुङ्ले जानकारी दिए । बाँकी २ जनालाई होल्डमा राखिएकोले उनिहरुको रिपोर्ट आउन बाँकी रहेको थुलुङ्ले बताए । उनिहरु ५ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेका छन् ।

यसैबीच, कमलगाउँपालिकामा होल्डमा रहेका समुदायका ५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमणको आशंकामा यहि भदौ १८ गते समुदायका र क्वारेन्टाइनका गरि ५७ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाइएकोमा यसअघि क्वारेन्टाइनका ३ र समुदायका ३८ गरि ४१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

जसमा १६ जनाको रिपोर्ट होल्डमा राखिएको थियो । सोही होल्डमा राखिएको रिपोर्ट मध्ये बाट यहि भदौ २१ गते ११ जनाको रिपोर्ट पोजेटिभ आइसकेको छ भने, आज बाँकी ५ जनाको रिपोर्ट भने नेगेटिभ आएको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्ले जानकारी दिए ।

यस्तै,४५ कोरोना संक्रमित मध्ये हालसम्म १६ जना कोरोना सक्रमित निको भएर घर फर्किएका छन् भने, कमल-३ का १ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

यस्तैगरि हालसम्म कमलको आइसोलेसनमा ८ महिला र ८ पुरुष गरि १६ जना होम आइसोलेसनमा ४ महिला र ६ पुरुष गरि १० जना र २ जना वी.पी. कोइराला प्रतिष्ठान धरानको प्रयोगशालाको आइसोलेसनमा गरि २८ जना संक्रमित बिरामी उपचारको क्रममा रहेको कमल गाउँपालिका स्वास्थ्य प्रमुख बाबुराम थुलुङ्ले जानकारी दिए ।

तपाईको प्रतिक्रिया