Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, २१ भदौ २०७७ । देशभर ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा २ सय ९० महिला र ६ सय ९० पुरुष रहेका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप ९ सय ८० जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय १४ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४१ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार ३ सय ८२ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ७ लाख ६८ हजार ३ सय ४५ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार ४ हजार ७ सय ३ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित हुनेको संख्या १७ हजार २७ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ७ हजार ८ सय २६ जना र संस्थागत आइसोलेसनमा ९ हजार २ सय १ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, रौतहट, सर्लाही, काठ्माडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही गरि १२ जिल्ला रहेका छन् । यस्तै, सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ५ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् । हालसम्म १ सय ७४ जना संक्रमित आइसियुमा रहेका छन् भने, २७ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ९ जनाको मृत्यु भएको छ । जसमा २ महिला र ७ पुरुष गरि ९ जना रहेका छन् ।
कोरोना संक्रमणबाट मृत्यु हुने महिलामा मोरङका ६४ वर्षीया र झापाका ४५ वर्षीया रहेका छन् । त्यसैगरी मृत्यु हुने पुरुषमा मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय, चितवनका ७० वर्षीय र काठमाडौँका ७४, ६८ र ८५ वर्षीय रहेका छन् ।

यो सँगै हालसम्म नेपालभर मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको जानकारी प्रवक्ता गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया