Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

शान्ति सुब्बा

गौरादह, २१ भदौ २०७७ । झापाको गौरादह नगरपालिकामा ५८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । यहि भदौ १३ गते समुदाय र क्वारेन्टाइनमा बसेका गरि १ सय ८ जनाको स्वाब संकलन गरि पठाइएकोमा यसअघि क्वारेन्टाइनका ९ जना सहित ५० जनाको रिपोर्ट नेगेटिभ आइसकेको र बाँकी ५८ जनाको रिपोर्ट भने आउन बाँकी रहेको थियो ।

कोरोना संक्रमण हुन सक्ने आशंकामा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि ५८ जनाको कोशि अञ्चल अस्पताल कोभिड ल्याबमा पठाइएकोमा आज कोरोना रिपोर्ट नेगेटिभ आएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक श्रेष्ठले जानकारी दिए । स्वाब परीक्षण गर्ने ल्याबमा बढी भिडभाड भएका कारण पनि रिपोर्ट आउनमा ढिलाई भएको श्रेष्ठले बताएका छन् ।

स्वाब संकलन गरि पठाइएका मध्ये समुदायका २८ महिला र ७१ पुरुष गरि ९९ जना रहेका थिए । यस्तै विभिन्न देशबाट आएर जनता मा.वि.को क्वारेन्टाइनमा बसेका ५ महिला र ४ पुरुष गरि ९ जना रहेका थिए । उनिहरु भने, भारत र मलेसियाबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

गौरादहमा कार्यरत विद्युत प्राधिकरणका एकजनामा कोरोना संक्रमण पुष्टी भएपछी उनको सम्पर्कमा आएका समुदायका व्यक्तिहरुमा कोरोना संक्रमण हुनसक्ने आशंकामा कन्ट्याक्ट ट्रेसिङका आधारमा दोस्रो चरणमा बाँकी रहेका गौरादह नगरपालिका भित्रका तथा कमल गाउँपालिका-१ र गौरीगंज गाउँपालिका-२ का समुदायका व्यक्तिहरुको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएका व्यक्तिहरु ३ देखि ७८ वर्ष उमेर समूहका रहेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments