Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, २१ भदौ २०७७ । कोरोना संक्रमणका कारण झापामा आज थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका-३ निवासी ४५ वर्षीया महिला रहेकी छन् । उनको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको वताईएको छ ।

गत भदौ १८ गते स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धरान लगिएको थियो । उनी उच्च रत्तचाप र मधुमेह रोगवाट पीडित भएको बताईएको छ ।

यता बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा चिकित्सकसहित १२ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा चिकित्सक , नर्स र विरामीहरु रहेका छन् । बीएण्डसी हस्पिटलमा चिकित्सकसहित १२ जनामा संक्रमण देखिएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । उनले आइसोलेसन र क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण देखिएको जनाए । त्यसबारे अहिले बिर्तामोड नगरपालिकामा बैठक बस्न लागेको जनाइएको छ ।पूर्वाञ्चल

तपाईको प्रतिक्रिया