Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

शान्ति सुब्बा
कमल, २१ भदौ २०७७ । झापाको कमलगाउँपालिकामा आइतबार(आज) समुदायका थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ३ जना महिला र ८ पुरुष रहेका छन् । आज संक्रमण पुष्टी हुने १ जना ड्राइभर र बाँकी सबै समुदायकै व्यक्तिहरु रहेको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्ले जानकारी दिए ।

कोरोना संक्रमणको आशंकामा यहि भदौ १८ गते समुदायका र क्वारेन्टाइनका गरि ५७ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाइएकोमा हिंजो क्वारेन्टाइनका ३ र समुदायका ३८ गरि ४१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । जसमा १६ जनाको रिपोर्ट होल्डमा राखिएको थियो । सोही होल्डमा राखिएको रिपोर्ट मध्ये बाट आज ११ जनाको रिपोर्ट पोजेटिभ र बाँकी ५ जनाको रिपोर्ट अझै होल्डमा नै रहेको कोभिड-१९ व्यवस्थापन कार्यमा खटिनुभएका स्वास्थ्यकर्मी इन्द्र प्रसाद अर्यालले जानकारी दिए ।

आज संक्रमण पुष्टी हुनेहरुमा १० जना कमल-३ केर्खाका स्थानीयबासीहरु रहेको र १ जना बिर्तामोडका पुरुष जो बाटो बनाउने काममा खटिएका ड्राइभर रहेको जनाइएको छ । संक्रमित हुनेहरु २५ वर्ष देखि ७७ वर्ष उमेर समूहका व्यक्तिहरु रहेको जनाइएको छ । उनिहरु सबैको कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

आज ११ जनामा संक्रमण पुष्टी भएसँगै कमलमा कोरोना पोजेटिभको संख्या १७ महिला र २८ पुरुष गरि ४५ पुगेको स्वास्थ्यकर्मी अर्यालले जानकारी दिए । ४५ कोरोना संक्रमित मध्ये हालसम्म ८ जना कोरोना सक्रमित निको भएर घर फर्किएका छन् भने, कमल-३ का १ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ भने, ३६ जना आइसोलेसनमा रहेको कमल गाउँपालिका स्वास्थ्य प्रमुख बाबुराम थुलुङ्ले जानकारी दिए ।

तपाईको प्रतिक्रिया