Online Bichar
शुक्रबार, बैशाख १८, २०८३ | Friday, May 1, 2026

गौरीगंज, २१ भदौ । ईलाका प्रशासन कार्यलय गौरीगंजमा धनन्जय शाहले कार्यलय प्रमुखको जिम्मेवारी समालेका छन्। ईलाका प्रशासन कार्यलय गौरीगंजका प्रमुख राजु दहालको गौरीगंज गाउँपालिकामा प्रमुख प्रशासकीय अघिकृत पदमा सरुवा भएर गएपछि धनन्जय शाह ईलाका प्रशासन कार्यलय गौरीगंजमा सरुवा भइ आएका हुन्।

झापाको दक्षिण पश्चिम क्षेत्रमा रहेका नागरिकहरुलाई सहज रुपमा सेवा दिने उदेश्यले गौरीगंजमा स्थापना गरिएको ईलाका प्रशासन कार्यालयमा आइतबारदेखि धनन्ञ्य शाहले कार्यलय प्रमुखको जिम्मेवारी समालेका छन्।

ईलाका प्रशासन कार्यलय गौरीगंजमा कार्यभार समालेका शाहलाई गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ सहित गौरीगंज बासिले भब्य स्वागत गरेका छन्। कार्यलयमा स्वागत गर्दै गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले गौरीगंजमा स्थायी बसोबास भएका धनन्जय शाह आफ्नै ठाउँमा कार्यलय प्रमुखको रुपमा देख्न पाउँदा हर्षले सिमा नाघेको बताए।

धन्यवाद ब्याक्त गर्दै अध्यक्ष श्रेष्ठले सफल कार्यकालको शुभकामना ब्याक्त गरे। ईलाका प्रशासन कार्यलय गौरीगंजमा गौरीगंज बासिले नै कार्यलय प्रमुखको जिम्मेवारी समालेकाले दक्षिणी क्षेत्रका नागरिकहरुले थप छिटो,छरितो र सहज रुपमा सेवा पाइने बिस्वास रहेको स्थानीय बासि बताउँछन्।

गौरीगंज गाउँपालिका वार्ड नं. ३ मा स्थायी घर भएका शाह सम्पति शुद्विकरण अनुसन्धान विभाग पुल्चोकमा कार्यरत थिए। यस अघि सूचना तथा संचार मंत्रालय, राष्ट्रिय योजना आयोग, संघीयय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झापाको बुद्वशान्ति गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी समालिसकेका छन्।

शाहले अमेरिका, चीन, कोरिया र भारतबाट सुचना तथा संचार प्रविधि अन्तर्गत स्थानिय विकास सीप सम्वन्धि तालिम लिई अनुभव समेत लिईसकेका छन् ।उनले दक्षिण कोरियाबाट अन्तर्राष्ट्रिय व्यापार विषयमा स्नातकोत्तर उतिर्ण गरिसकेका छन्।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments