Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, २० भदौ २०७७ । देशभर १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ३ सय ४९ महिला र ६ सय ९२ पुरुष रहेका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप १ हजार ४१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ६६ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार १ सय २७ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ४ सय ७३ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ७ लाख ५७ हजार ९ सय ६३ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ७ सय १ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित हुनेको संख्या १७ हजार ८ सय ७० जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ८ हजार ४ जना र संस्थागत आइसोलेसनमा ९ हजार ८ सय ६६ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरङ, सुनसरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही, काठ्माडौं, ललितपुर, चितवन र रुपन्देही गरि ११ जिल्ला रहेका छन् ।  ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ६ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।

हालसम्म १ सय ६७ जना संक्रमित आइसियुमा रहेका छन् भने, २४ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ९ जनाको मृत्यु भएको छ । जसमा ३ महिला र ६ पुरुष गरि ९ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । काठमाडौँका ३ जना ४१ वर्षीय, ५९ वर्षीय र ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
त्यसैगरी मृत्यु हुनेमा पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय र रुपन्देहीका ४० वर्षीय पुरुष रहेका छन् ।

यो सँगै हालसम्म नेपालभर मृत्यु हुनेको संख्या २ सय ८० पुगेको जानकारी प्रवक्ता गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया