Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

शान्ति सुब्बा
दमक, २० भदौ २०७७ । झापाको दमकमा समुदायका थप ३ जनामा संक्रमण पुष्टी भएको छ । जसमा १ महिला र २ पुरुष रहेका छन् । आज संक्रमण पुष्टी हुने २ जना व्यापारी र १ जना सामाजिक अभियन्ता रहेको दमक स्वास्थ्य शाखा अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए ।

कोरोना संक्रमणको आशंकामा यहि भदौ १६ गते समुदायका र क्वारेन्टाइनका गरि १ सय ४८ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाइएकोमा हिंजो समुदायकै ३ महिला र २ पुरुष गरि ५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । बाँकी १ सय ३९ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने, जसमा ४ जनाको रिपोर्ट होल्डमा राखिएको थियो । सोही होल्डमा राखिएको रिपोर्टबाट आज ३ जनाको रिपोर्ट पोजेटिभ र बाँकी १ जनाको रिपोर्ट नेगेटिभ आएको भट्टराईले जानकारी दिए ।

आज संक्रमण पुष्टी हुनेहरु दमक नगरपालिका-८ का ४५ वर्षिया १ महिला र ६२ वर्षिय १ पुरुष एकै घरमा बस्ने र दुवै जना व्यापारी रहेको जनाइएको छ । त्यस्तै, दमक-२ का ३५ वर्षिय पुरुष जो सामाजिक अभियन्ता रहेको भट्टराईले बताए ।

आज ३ जनामा संक्रमण पुष्टी भएसँगै दमकमा कोरोना पोजेटिभको संख्या १ सय १४ पुगेको दमक स्वास्थ्य शाखा अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया