Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा १९ भदौ २०७७ । झापामा आज समुदायका र क्वारेन्टाइनका गरि थप २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा ७ जना महिला र १९ पुरुष रहेका छन् । आज संक्रमण पुष्टी हुनेहरु बढी समुदायका नै रहेको जनाइएको छ ।

संक्रमण पुष्टी हुनेहरुमा मेचीनगर-७ र १० नंं. वार्डका ४ जना समुदायका पुरुष, झापा गाउँपालिका१ का क्वारेन्टाइनमा बसेका ३ पुरुषमा, गौरीगञ्ज-५ का समुदायका १ पुरुष, दमक नगरपालिका-६,७ र ८ नं. वार्डका समुदायका ३ महिला र २ पुरुष गरि ५ जनामा, कन्काई-३ र ५ नं. वार्डका समुदायका २ महिला र ८ पुरुष गरि १० जनामा, भद्रपुरमा समुदायका २ महिलामा र कचनकवल-७ मा क्वारेन्टाइनमा बसेका १ पुरुषमा गरि २६ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जिवन चौलागाईले जानकारी दिए ।

आज थप २६ जना नयाँ संक्रमित थपिए सँगै झापामा कोरोना संक्रमण पुष्टी हुनेको संख्या ६ सय ४१ पुगेको छ । जसमा हालसम्म ४ सय ८१ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने १ सय ६० जना विभिन्न आइसोलेसनमा उपचाररत रहेको फोकल पर्सन चौंलागाईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया