Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, १९ भदौ २०७७ । पछिल्लो २४ घण्टामा मुलुकभर आज थप १ हजार ३ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ४ सय ६४ महिला र ८ सय ९५ पुरुष रहेका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर आज थप १ हजार ३ सय ५९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ३ सय ५४ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ५ सय ६१ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ६ सय ३८ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ७ लाख ४५ हजार ४ सय ९० जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ५ सय ६१ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित हुनेको संख्या १८ हजार ४ सय ४ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ७ हजार ४ सय ६२ जना र संस्थागत आइसोलेसनमा १० हजार ९ सय ४२ जना रहेका छन् ।

यस्तै, मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरङ, सुनसरी, धनुषा, बारा, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, काठ्माडौं, ललितपुर, चितवन र रुपन्देही गरि १२ जिल्ला रहेका छन् ।
यस्तै, ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ६ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।

हालसम्म १ सय ५१ जना संक्रमित आइसियुमा रहेका छन् भने, २६ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप १४ जनाले ज्यान गुमाएका छन् । मृतकमा महिला ४ र पुरुष १० जना रहेका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २ सय ७१ पुगेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया