Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

शान्ति सुब्बा
दमक, १९ भदौ २०७७ । झापाको दमकमा आज थप ५ जनामा संक्रमण पुष्टी भएको छ । जसमा ३ महिला र २ पुरुष रहेका छन् । आज संक्रमण पुष्टी हुने ५ जना नै समुदायका व्यक्तिहरु मात्र रहेको दमक स्वास्थ्य शाखा अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए ।

कोरोना संक्रमणको आशंकामा यहि भदौ १६ गते समुदायका र क्वारेन्टाइनका गरि १ सय ४८ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाइएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको भट्टराईले बताए । जसमा ४ जनालाई होल्डमा राखिएको हुनाले रिपोर्ट आउन बाँकी रहेको र बाँकी १ सय ३९ जनाको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

संक्रमण पुष्टीहुनेहरु दमक नगरपालिका-८ का १ महिला, ६ नं. वार्डका २ महिला र ७ नं. वार्डका २ पुरुष रहेका छन् । उनिहरु २१ वर्ष देखि ६२ वर्ष उमेर समूहका रहेका छन् ।

आज ५ जनामा संक्रमण पुष्टी भएसँगै दमकमा कोरोना पोजेटिभको संख्या १ सय ११ पुगेको दमक स्वास्थ्य शाखा अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए । ५६ पुरुष र १३ महिला गरि ६९ जना हालसम्म डिस्चार्ज भएका छन् भने, ४२ जना संक्रमित बिरामी विभिन्न आइसोलेसनमा उपचाररत अवस्थामा रहेको भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया