Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, १८ भदौ २०७७ । पछिल्लो २४ घण्टामा देशभर आज थप १ हजार २ सय २८ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ३ सय ९४ महिला र ८ सय ३४ पुरुष रहेका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप १ हजार २ सय २८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ९ सय १७ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २ सय ७ पुुगेको छ । गत २४ घण्टामा १३ हजार ४ सय १३ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ७ लाख ३१ हजार ८ सय ५२ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ ।
यस्तै, मन्त्रालयका अनुसार ६ हजार ७ सय ४९ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित भई १८ हजार ४ सय १३ बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ७ हजार ७ सय ४२ जना र संस्थागत आइसोलेसनमा १० हजार ६ सय ७१ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरङ, सुनसरी, धनुषा, बारा, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, काठ्माडौं, ललितपुर, चितवन र रुपन्देही गरि १२ जिल्ला रहेका छन् ।

यस्तै, सोलुखुम्बु, ताप्लेजुङ, मुस्ताङ, मुगु, डोल्पा र हुम्ला गरी ६ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।

यसैबीच, देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ । बितेको २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै मृतकको कुल संखया २५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृतकमा चितवन, भक्तपुर, तनहुँ र रुपन्देहीका ४ महिला रहेका छन् भने सिन्धुपाल्चोक र रुपन्देहीका २ पुरुष रहेका छन् ।

 

तपाईको प्रतिक्रिया