Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

शान्ति सुब्बा
झापा, १७ भदौ २०७७ । झापामा समुदायमा कोरोनाको जोखिम फैलिने क्रम प्रत्येक दिन बढदै गएको छ । अघिल्लो दिन मात्रै ४ महिला र १० पुरुष गरि १४ जनामा संक्रमण भेटिएकोमा आज फेरी समुदायका र क्वारेन्टाइनका गरि थप १४ जनामा संक्रमण पुष्टी भएको छ । जसमा ५ महिला ९ पुरुष रहेका छन् ।

संक्रमण पुष्टी हुनेहरुमा कमल गाउँपालिका-३ का ३ महिला र ३ पुरुष गरि ६ जनामा, मेचीनगर-६ का ३ पुरुषमा, बिर्तामोड-५ र ६ नं. वार्डका १ महिला र २ पुरुष गरि ३ जनामा, हल्दिबारी-५ का १ महिलामा र गौरीगन्ज-२ का १ पुरुषमा गरि १४ जनामा संक्रमण भेटिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिए ।

आज थप १४ जना संक्रमित थपिए सँगै झापामा कोरोना संक्रमण पुष्टी हुनेको संख्या ६ सय ८ पुगेको छ । जसमा संक्रमित मध्ये आज १६ जना डिस्चार्ज भएसँगै हालसम्म ४ सय ४५ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने १ सय ६३ जना आइसोलेसनमा उपचाररत रहेको फोकल पर्सन चौंलागाईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया