Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

शान्ति सुब्बा
कमल, १७ भदौ २०७७ । झापाको कमल गाउँपालिकामा एक शिक्षक सहित थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा ३ महिला र ३ पुरुष रहेका छन् ।
आज कोरोना संक्रमण पुष्टी हुने ६ जना नै समुदायका व्यक्तिहरुमात्र रहेको कमल गाउँपालिका स्वास्थ्य प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिए ।

यहि भदौ १५ गते समुदायका र क्वारेन्टाइनका गरि ६६ जनाको स्वाब संकलन गरि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाइएकोमा ६ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको थुलुङ्गले बताए । जसमा ५० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने, १० जनाको पीसीआर रिपोर्ट भने आउन बाँकी रहेकोे थुलुङ्गले बताए ।

जसमा १ महिला र २ पुरुष सहित ३ जना क्वारेन्टाइनका रहेका थिए भने, २५ महिला र ३८ पुरुष सहित ६३ जना समुदायका रहेका छन् । आज संक्रमित हुनेहरु १२ वर्ष देखि ५६ वर्ष उमेर समूहका व्यक्तिहरु रहेका छन् ।

आज संक्रमण पुस्टि भएका ६ जना नै कमल गाउँपालिका-३ केर्खाको रहेको जनाइएको छ । उनिहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिएको थियोे ।
हिंजो कमल-३ का एक पुरुषमा दमकमा पीसीआर पोजेटिभ भेटिए सहित र आज ६ जना संक्रमित थपिए सँगै कमल गाउँपालिकामा कोरोना संक्रमितको संख्या ३१ पुगेको थुलुङ्गले बताए । जसमा १० महिला र २१ पुरुष रहेका छन् ।

 

तपाईको प्रतिक्रिया