Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौँ, १७ भदौ। कोरोना भाइरस संक्रमणका कारण वीर अस्पतालमा १७ वर्षीय युवकको मृत्यु भएको छ । बुधबार बिहान निधन भएका ति युवक सर्लाही निवासी रहेका छन् ।

अस्पतालका कोभिड संयोजक डा.अच्युतका अनुसार युवक भदौ १० गते वीर अस्पतालमा भर्ना भएका थिए । ‘झुण्डिएर आत्महत्या प्रयास गरेका रहेछन् । उपचारका लागि यहाँ ल्याइएको थियो,’ उनले भने, ‘ट्राभल हिस्ट्री भएका कारण हामीले कोरोना परीक्षण गरेका थियौं । हिजो मात्रै पोजिटिभ रिर्पोट आएको थियो । मृतक युवकमा कुनै दीर्घरोग थिएन ।’

तपाईको प्रतिक्रिया