Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, १६ भदौ २०७७ । नेपालमा पछिल्लो समय भेटिएका ९६ प्रतिशत कोरोना संक्रमितमा स्थानीय संक्रमण भएको खुलेको छ ।

जनस्वास्थ्य विद् डा.सुरेश तिवारीले काठमाडौंसहित ५ सयभन्दा बढी संक्रमितको संख्या रहेको १२ जिल्लामा भेटिएका संक्रमण स्थानीय संक्रमण रहेको बताएका छन् ।

५ सयभन्दा बढी संक्रमित रहेका काठमाडौं, भक्तपुर, ललितपुर, महोत्तरी, सर्लाही, वारा, पर्सा, रौतहट, धनुषा, चितवन, रुपन्देही र मोरङ संक्रमणको हटस्पट नै बनेको भन्दै उनले ती जिल्लाहरुमा संक्रमण समुदाय स्तरमा गईसकेको जानकारी दिए ।

५ सय माथि संक्रमित रहेको जिल्ला भित्रनै संक्रमण नियन्त्रण गराउनु पर्ने भन्दै डा.तिवारीले संक्रमण नियन्त्रणमा समुदायको ठूलो भुमिका रहने बताए ।

 

तपाईको प्रतिक्रिया