Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

झापा, १६ भदौ २०७७ । पछिल्लो २४ घण्टामा आज थप १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ३ सय ४४ महिला र ७ सय २५ पुरुष रहेका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप १ हजार ६९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७ सय ६८ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार १ सय ७८ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ८८ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ७ लाख ५ हजार ५ सय ६० जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ३ सय ९० जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ । जसमा होम आइसोलेशनमा ७ हजार २ सय ८० जना र संस्थागत आइसोलेसनमा १० हजार ८ सय ३२ जना बिरामी उपचाररत रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता जागेश्वरका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरङ, सुनसरी, धनुषा, बारा, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, काठ्माडौं, ललितपुर, चितवन र रुपन्देही गरि १२ जिल्ला रहेका छन् ।

यस्तै, सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ५ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् । हालसम्म १ सय २७ जना संक्रमित आइसियुमा रहेका छन् भने, १७ जना भेन्टिलेटरमा रहेको जागेश्वरले बताए ।

यसैबीच, कोरोनाभाइरसबाट देशभर थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको बताए । महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ । यस्तै पर्साका ३ जना र काठमाडौंका २ जनाको पनि मृत्यु भएको छ । यसैगरी सिरहा, बारा, चितवन र मकवानपुरका १–१ जनाको समेत मृत्यु भएको गौतमले बताए ।मृतकहरूमा ३ जना महिला र ४ जना पुरुष रहेका छन् । यो सँगै नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको जागेश्वरले बताए ।

तपाईको प्रतिक्रिया