Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, १६ भदौ २०७७ । झापामा समुदायमा कोरोना संक्रमण फैलिने क्रम लगातार बढदै गएको छ । आज मात्रै समुदायका र क्वारेन्टाइनका गरि थप १४ जनामा संक्रमण पुष्टी भएको छ । जसमा ४ महिला १० पुरुष रहेका छन् ।

संक्रमण पुष्टी हुनेहरुमा दमक नगरपालिका मा ३ महिला र ६ पुरुष सहित ९ जना, गौरीगन्ज गाउँपालिकामा १ पुरुषमा र बाह्रदशी गाउँपालिकामा १ महिला ३ पुरुष सहित ४ जना गरि १४ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जिवन चौंलागाइले जानकारी दिए ।

आज संक्रमण पुष्टी हुने संक्रमितहरु दमक-२, ५, ६ र ९ नं. वार्डका छन् भने, १ जना कन्टयाक्ट ट्रेसिङका आधारमा दमकमा पीसीआर गर्दा पोजेटिभ पुष्टी भएका कमलगाउँपालिका-३ ठेगाना उल्लेख भएका छन् ।

यस्तै गौरीगन्ज गाउँपालिका वार्ड नं.१ र बाह्रदशी गाउँपालिका का १, ५ र ७ नं. वार्डका रहेका छन् । आज थप १४ जना संक्रमित थपिए सँगै झापामा कोरोना संक्रमण पुष्टी हुनेको संख्या ५ सय ९४ पुगेको छ ।

तपाईको प्रतिक्रिया