Online Bichar
सोमबार, बैशाख ०७, २०८३ | Monday, April 20, 2026

शान्ति सुब्बा
गौरादह, १६ भदौ २०७७ । झापाको गौरादह नगरपालिकामा ५० जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । यहि भदौ १३ गते समुदाय र क्वारेन्टाइनमा बसेका गरि १ सय ८ जनाको स्वाब संकलन गरि पठाइएकोमा क्वारेन्टाइनका ९ जना सहित ५० जनाको रिपोर्ट नेगेटिभ आएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।

पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि ५० जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा पठाइएकोमा कोरोना रिपोर्ट नेगेटिभ आएको श्रेष्ठले बताए । बाँकी ५८ जनाको कोशि अञ्चल अस्पताल कोभिड ल्याबमा पठाइएकोमा उनिहरुको रिपोर्ट भने, आउन बाँकी रहेको श्रेष्ठले जानकारी दिए ।

स्वाब संकलन गरि पठाइएका मध्ये समुदायका २८ महिला र ७१ पुरुष गरि ९९ जना रहेका छन् । यस्तै विभिन्न देशबाट आएर जनता मा.वि.को क्वारेन्टाइनमा बसेका ५ महिला र ४ पुरुष गरि ९ जना रहेका छन् । उनिहरु भने, भारत र मलेसियाबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

गौरादहमा कार्यरत विद्युत प्राधिकरणका एकजनामा कोरोना संक्रमण पुष्टी भएपछी उनको सम्पर्कमा आएका समुदायका व्यक्तिहरुमा कोरोना संक्रमण हुनसक्ने आशंकामा कन्ट्याक्ट ट्रेसिङका आधारमा दोस्रो चरणमा बाँकी रहेका गौरादह नगरपालिका भित्रका तथा कमल गाउँपालिका-१ र गौरीगंज गाउँपालिका-२ का समुदायका व्यक्तिहरुको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएका व्यक्तिहरु ३ देखि ७८ वर्ष उमेर समूहका रहेका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments