Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

शान्ति सुब्बा

दमक, १६ भदौ २०७७ । झापाको दमकमा समुदायका र क्वारेन्टाइनका गरि थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा ३ महिला र ६ जना पुरुष रहेका छन् ।

कोरोना संक्रमणको आशंकामा यहि भदौ १२ गते १ सय १६ जनाको स्वाब संकलन गरि पठाइएकोमा समुदायका ३ महिला र ४ पुरुष गरि ७ जनामा र क्वारेन्टाइनका २ जनामा संक्रमण देखिएको दमक स्वास्थ्य शाखा अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए । उनिहरुको वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टी भएको थियो ।

जसमा दमकका ८ जना र कमल गाउँपालिका का १ पुरुष गरि ९ जनाको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको भट्टराईले बताए । बाँकी १ सय ७ जनाको रिपोर्ट भने नेगेटिभ आएको क्वारेन्टाइन व्यवस्थापन समिति सचिव कुवेर भट्टराईले जानकारी दिए ।

कन्टयाक्ट ट्रेसिङका आधारमा आज संक्रमण पुष्टी हुनेहरु दमक नगरपालिका-२ का १ जना, ५ नं. वार्डका २ जना, ९ नं. वार्डका ३ जना र कमलगाउँपालिका-३ का १ जना समुदायका रहेका छन् । यस्तै, दमक-६ का २ जना संक्रमित पुष्टी हुने क्वारेन्टाइनका रहेका छन् । उनिहरुहरु १६ वर्षदेखि ४० वर्ष उमेर समूहका रहेका छन् । आज ९ जना कोरोना संक्रमित थपिएसँगै दमकमा कोरोना संक्रमण पुष्टी हुनेको संख्या १ सय ६ पुगेको क्वारेन्टाइन व्यवस्थापन समिति सचिव कुवेर भट्टराईले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया