Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठ्माडौं, १५ भदौ २०७७ । सरकारले कोरोनाको पीसीआर परीक्षणको मूल्य समायोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार समायोजन भएको मूल्यअनुसार अब बढीमा ४ हजारमा पीसीआर परीक्षण गर्न सकिने छ ।

यसअघि ५ हजार ५ सयमा पीसीआर परीक्षण हुँदै आएको थियो । स्वाव संकलन गरी सोही ल्याबमा परीक्षण गर्दा बढीमा ४ हजार रुपैयाँ खर्च लाग्ने छ ।

तर, स्वाव संकलन गरी ल्याबले परीक्षणका लागि अर्को ठाउँमा पठाउँदा ४ हजार ४ सय रुपैयाँ खर्च लाग्ने छ । जसमध्ये ४ हजार परीक्षण गर्ने ल्याबलाई दिनुपर्ने छ भने, ४ सय स्वाव संलकन गर्ने ल्याबको लाग्ने खर्च हो ।

 

तपाईको प्रतिक्रिया