झापा, १३ भदौ २०७७ । आज थप ८ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा २ सय ४२ महिला र ६ सय ४२ पुरुष रहेका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ८ सय ८४ नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको बताए ।
यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ३ सय १३ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ५ सय ५५ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ५ सय १६ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ६ लाख ६९ हजार ६ सय २६ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार ८ हजार ३५ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ९० रहेको छ । जसमा होम आइसोलेशनमा ६ हजार ४ सय ४५ जना र संस्थागत आइसोलेसनमा १० हजार १ सय ४५ जना बिरामी उपचाररत रहेका छन् ।
यस्तै मन्त्रालयका प्रवक्ता जागेश्वरका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरङ, धनुषा, बारा, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, काठ्माडौं र ललितपुर रहेका छन् । हुम्ला र मुस्ताङ गरी २ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् । हालसम्म १ सय ७५ जना संक्रमित आइसियुमा रहेका छन् भने, २२ जना भेन्टिलेटरमा रहेको जागेश्वरले बताए ।
यसैबीच, नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मृतकमा ३ महिला र ९ पुरुष रहेका छन् । पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृत्यु भएको गौतमले बताए । यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ८ जना पुरुषको मृत्यु भएको उनले बताए ।






