Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, १२ भदौ २०७७ । पछिल्लो २४ घन्टामा थप ९ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ३ सय ३४ महिला र ५ सय ९३ पुरुष रहेका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९ सय २७ नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ६९ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार २ सय २९ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ६ लाख ५८ हजार १ सय १० जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार ८ हजार ९ सय ३९ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ । जसमा होम आइसोलेशनमा ६ हजार ४ सय ४६ जना र संस्थागत आइसोलेसनमा ९ हजार ५ सय ७३ बिरामी उपचाररत रहेका छन् । प्रवक्ता जागेश्वरका अनुसार हुम्ला र मुस्ताङ गरी २ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।

यसैबीच, बितेको २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र ८ पुरुष रहेको मन्त्रालयका प्रवक्ता जागेश्वरले बताए । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १९५ पुगेको छ ।
उनका अनुसार मृतक महिलामा मोरङका २ तथा भक्तपुर र मकवानपुरका १–१ जना रहेका छन् । यस्तै पुरुषमा उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका १–१ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया