Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, १० भदौ २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका ३९ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप ८ सय ८५ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ३ सय ८५ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ५ सय ४ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १३ हजार २ सय ५३ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार २ सय ५२ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ८ सय ३२ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
हालसम्म कोरोना संक्रमित भई आईसोलेसनमा १४ हजार ७ सय ३९ जना व्यक्तिहरु उपचाररत रहेका छन् । हुम्ला र मुस्ताङ गरी २ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट दुई महिलासहित ११ जनाको मृत्यु भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दुई महिलासहित थप ११ जनाको मृत्यु भएको बताए ।

मृतकमा मोरङ र भक्तपुरका दुई जना महिला रहेका छन् । कैलालीका २, महोत्तरीका ३, बाँकेका १, काठमाडौंका १ र बाराका २ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको गौतमले बताए ।
यसैगरी काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यतिधेरै संख्यामा काठमाडौंमा कोरोना संक्रमित पुष्टि भएको यो पहिलो पटक हो ।

यस्तै उपत्यकासहित देशभर पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संखया ३४ हजार ४१८ पुगेको गौतमले बताए ।

तपाईको प्रतिक्रिया