Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

शान्ति सुब्बा
दमक, १० भदौ २०७७ । झापामा समुदायमा कोरोना फैलने बढ्दो क्रममा रहेको अवस्थामा दमकमा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
कन्टयाक्ट ट्रेसिङका आधारमा, समुदायका र क्वारेन्टाइनमा बसेका २ सय ९ जनाको स्वाब संकलन गरि पठाइएकोमा १५ जनाको रिपोर्ट पोजेटिभ आएको दमकका क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुवेर भट्टराईले जानकारी दिए ।

यसअघि संक्रमण देखिएका माइक्रो फाइनान्सका कर्मचारी, नेपाल टेलीकमका कर्मचारी र औषधी व्यवसायीको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको कन्टयाक्ट ट्रेसिङ का आधारमा १ सय ३६ पुरुष र ७३ महिला गरि २ सय ९ जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरि यहि भदौ ६ गते वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएकोमा ९ पुरुष र ६ महिला गरि १५ जनाको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । उनिहरु २२ देखि ७२ वर्ष उमेर समूहका रहेका छन् ।

बाँकी १ सय ९४ मध्ये १ सय ९३ को रिपोर्ट नेगेटिभ आएको र १ जनाको रिपोर्ट आउन बाँकी रहेको दमक स्वास्थ्य शाखा अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए ।  आज संक्रमण पुष्टी भएका व्यत्तिहरु समुदायका, होम क्वारेन्टाइनमा बसेका र कर्मचारीहरु रहेको जनाइएको छ ।

संक्रमण पुष्टी हुनेहरु दमक ४, ५ र ९ नं. वार्डका रहेको जनाइएको छ । आज थपिएका संक्रमित सहित ६६ पुरुष र १५ महिला गरि दमकमा कोरोना संक्रमण पुष्टी हुनेको संख्या ८१ पुगेको भट्टराईले जानकारी दिए । जसमा हालसम्म ४१ जना निको भएर घर फर्केका छन् भने ४० जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

तपाईको प्रतिक्रिया