Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, २५ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला राजावादी नेता राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनसँग भारी मतले पराजित भएका छन् । झापा क्षेत्र नम्बर ३ मा लिङ्देनले सिटौलालाई १३ हजार ४ सय ४४ मतान्तरले हराएका छन् । लिङ्देनले ४४ हजार ६ सय १४ मत प्राप्त गरे भने सिटौलाले ३१ हजार १ सय ७१ म्त प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसले देशभर राप्रपासँग चुनावी तालमेल गरेपनि झापा ३ मा सिटौलाका कारण तालमेल हुन सकेन । काँग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक सूचीमा पठाएको नाम कटाएर उनी प्रत्यक्षमा निर्वाचन लडेका हुन् । उनले बिगतमा निर्वाचन जित्न प्रयोग गरेको रणनतिबाट चुनाव जित्न सकिने अनुमान गरेका थिए । तर, उनको योजना, रणनीति र सोँच फेल खायो ।

पराजयसँग सँगै उनको आलोचना सुरु भएको छ । उनले राप्रपालाई झापा ३ छाडेको भए झापा १ मा विश्वप्रकास शर्मा निर्वा्चित हुने काँग्रेसीजनले आरोप लगाउन थालेका छन् । पराजयका कारण के के हुन् ।

काँग्रेसका पूर्व महामन्त्री र उपप्रधान तथा गृहमन्त्री भइसकेका सिटौलाको पराजयले अव उनको राजनीतिक भविश्य के हुन्छ ? उनले चुनाव हार्नु पर्ने कारण के के हुन ? समिक्षा गर्ने प्रयास गरिएको छ ।

 

ओलीको निर्णय

राप्रपासँग देशभर तालमेल गर्ने सम्झौता गरेको काँग्रेसले सिटौलाकै कारण झापा ३ राप्रपालाई दिन सकेन । पार्टी दर्ताका लागि एक मात्र जित्ने सम्भावना भएको क्षेत्र काँग्रेसले नदिएपछि लिङ्देन एमाले अध्यक्ष केपी ओलीको शरणमा पुगे । ओलीले ३ मा राप्रपालाई छाड्दा मेचीमा बाम गठबन्धनलाई सघाउने प्रस्ताव स्वीकृत गरे र त्यहि अनुसार सम्झौता गरे ।

एमालेले पुष्प पोखरेललाई अघि सारेको थिायो । उनको जित त्याति कठिन थिएन । तर,ओलीले आफु सुरक्षित हुन लिङ्देनलाई झापा ३ छाडेका हुन् । माओवादी केन्द्र र आफ्नै पार्टी पंतीमा खासै छलफल नगरी ओलीको एकल निर्णयबाट झापा ३ राप्रपालाई छाडेका थिए ।

माओवादीसँग तालमेल र पार्टी एकता गर्ने सहमति भएपनि त्यो आफ्नो हकमा कार्यान्वयन हुन नसक्दा जोखिम हुन सक्छ भन्ने ओलीको ठम्यायीले ओलीले झापा ३ लिङ्देनलाई छाडेका हुन् । काँग्रेसले विश्वप्रकास शर्मालाई उठाउने चर्चा चलिरहेका बेला राप्रपाको प्रस्ताव ओलीले सहजै स्वीकार गरेका हुन् ।

शार्मा प्रतिस्पर्धि हुने अवस्थामा राप्रपा लगायतको काँग्रेससँग मोर्चा बन्दी भयो र राप्रपाको लगभग १५ हजार मत काँग्रेसमा नजाओस भन्ने ओलीको रणनीति थियो । त्यसमा माओवादीका कार्यकर्ताले भित्र भित्रै काँग्रेसलाई मत दिए भने आफु जोखिममा पर्न सक्ने आकंलन ओलीको थियो । अहिलेको निर्वाचन परिणामाले भलै माओवादी र एमाले बीच देशभर खासै धोकाधडी भएको देखिँदैन । तर, सुरुका अवस्थामा एकले अर्कालई शंकाले हेर्ने अवस्था थियो । जित्ने सुनिश्चित भएपछि ओली देश दौडाहामा निश्कन पनि सजिलो भयो ।

 

सिटौला बिरुद्ध बाम गठबन्धन

देशभर काँग्रेससँग तालमेल गरेको राप्रपा भने झापामा काँग्रेससँग प्रतिस्पर्धा गर्दै थियो । लिङ्देन बाम गठबन्धनको सहयोगमा सिटौला बिरुद्ध खनिएका थिए । काँग्रेसले स्थानीय तहको निर्वाचनमा लगाभग २० हजार मत पाएको थियो भने बाम राप्रपा गठबन्धनसँग लगभग ४५ हजार भन्दा बढी मत पाएको थियो । गणितीय हिसावले पनि सिटौला धेरै तल थिए । गणितीय हिसावले ठूलो अन्तर भएपनि एमाले र राप्रपाका मतदाताले लिङ्देनलाई मतदान नगर्ने उनको आंकलन थियो । उनलाई अघिल्लो निर्वाचनमा सहयोग गर्ने एमाले र माओवादीका कार्यकर्ताले फेरी सघाउँछन् भन्ने आश थियो । तर परिणाममा त्योस्तो देखिएन । आफ्नो उम्मेद्वार नभएको अवस्थामा एमाले र माओवादी कार्यकर्ताको ठूलै सहयोग पाउने अपेक्षा पुरा भएन । उनले कतिपय एमाले र माओवादी कार्यकर्तालाई राखेको सहयोगको प्रस्ताव अस्वीकार गरे ।

 

बाम लहर

देशभर दुई ठूला पार्टी बीचको चुनावी तालमेल र पार्टी एकताले जनतामा उत्साह जागाएको थियो । सँधै अल्पमतको सरकार बन्ने र राजनीतिक अस्तिरता हुने कुराले नागरिक दिक्क भएका थिए । त्यसमा एमाले र माओवादी बीचको तालमेलले मतदाताले बहुमतको सरकारको अपेक्षा गरेका थिए । यणितीय हिसावले पनि एमाले र माओवादी केन्द्र बीचको तालमेलले बहुमतको सरकार बन्ने देखिन्थ्यो । यस्तो बाम लहरमा जनताले व्यक्तिलाई भन्दा बहुमतको सरकारका लागि गठबन्धनमा मतदान गरेका हुन् । बहुमतको स्थिर सरकार हुदा बिकास निर्माण हुने जनताको अपेक्षाले मतदातालाई प्रभावित पारेको थियो । गठबन्धनले बिकासका नारा अघि सारेका थिए भने सिटौलाले राजनीतिक नारा अघि सारेका थिए । उनले लिङ्देन बिरुद्ध चलाएको राजनीतिक नारा काम लागेन । मतदाता बिकासे नारामै आकर्षित भए ।

 

लिङ्देन एमाले हुने हल्ला

एमाले पंक्तिमा लिङ्देन निर्वाचन पछि एमाले हुने प्रचार गरियो । कतिपय एमाले कार्यकर्ताले पार्टी अध्यक्ष ओलकिो हवला दिँदै एमालेमा प्रवेशको हल्ला चलाए । राप्रपाले ३ प्रतिशत मत नल्याउने र लिङ्देन स्वतः स्वतन्त्र हुने भएकाले उनी एमालेमा प्रवेश गर्ने प्रचार भयो । तर, यसको न त लिङ्देनले खण्डननै गरे । लिङ्देनले आफैँपनि यो हल्ला चलाएको चर्चा पनि भयो । यसले एमालेका असनतुष्ट मत रोक्न मनोवैज्ञानिक काम गरेको थियो ।

 

म्याच फिक्सिङको खेल

कान्तिपुर दैनिकले एमाले नेतृत्वले अन्तिममा सिटौलालाई जिताउने मुख्य समाचार छाप्यो । यो समाचार प्रकासन भएको केहि घण्टामै केपी ओलीले कान्तिपुरको नामै लिएर समाचारको खण्डन गरे । कान्तिपुरमा समाचार आएकै दिन बिर्तामोड र भद्रपुरको सभामा ओलीले समाचारको खण्डन गरे ।

यो समाचार प्रकाशन पछि ओलीले लिङ्देनले कुनै हालतमा जित्नु पर्ने निर्देशन दिए । उनले लिङ्देनलाई असहयोग गर्न सक्ने आफ्ना कार्यकर्तालाई मात्र होइन माओवादी कार्यकर्तालाईसमेत लिङ्देनलाई जिताउन दवाव सिर्जना गराए । म्याच फिक्सिङको समाचार सिटौलाका लागि व्याक फायर सावित भयो ।

 

बिकासको नारामा कमजोर

बिकास निर्माणको सवालमा सिटौलाको धेरै आलोचना भयो । मेची राजमार्ग अन्तरगत भद्रपुर देखि केचनाका सम्मका सिटौलाका मतदाताले सडकको धुलो खाएको बर्षौ भयो तर कालोपत्र हुन सकेन । भद्रपुर क्षेत्रमा भएको कालोपत्र उक्कियो तर राजमार्ग बनेन । तीन बर्ष अघि बन्नु पर्ने सडक अहिले सम्म नबन्दा मतदाता आक्रोसित थिए । वर्षौदेखि धुलो खाएका मतदाताले सिटौलालाई मतदिने होइन सरापे मात्र । उनीहरुले हरसम्भव सिटौला बिरुद्ध प्रचार गरे । नयाँ पुस्ताका मतदातामा सिटौलाले राजनीतिक परिवर्तनका लागि के योगदान गरे भन्ने थाहा पाएनन् । उनीहरुले सिटौलाले केहि गरेन भने मात्र बुझे र सिटौला बिरुद्ध निस्किए ।

 

सिटौला सीमित घेरमा, लिङ्देन जनतामा

सिटौलालाई काँग्रेसकै कार्यकर्ताले पनि सबैको कुरा नसुनेको आरोप लगाउने गरेका छन् । पार्टीका क्षेत्रीय सभापति गणेश पोखरेल, नगर सभापति मोहन महर्जन, दक्षिणमा कालेन्द्र राजवंशी र भूमी राजवंशी लगायतका सिमित कार्यकर्ताको मात्र कुरा सुनेको आरोप उनकै कार्यकर्ताले लगाउने गरेका छन् । अरु कार्यकर्ता वा सर्वसाधारणसँग सिटौलाले कहिल्यै अन्तरक्रिया गरेनन् । उनले नागरिसँग अनौपचारिक सम्बन्ध बनाउनै सकेनन् । जसको प्रभाव निर्वाचनमा देखिएको काँग्रेसी कार्यकर्ताको विश्लेषण छ । सिटौला नजिकका कार्यकर्ताले सबै ठिक, राम्रो भएको भनेको भरमा चुनावी योजना तयार गरे ।

तर, राप्रपाका नेता राजेन्द्र लिङ्देन २०४८ सालदेखि लगातार ३ नम्बर क्षेत्रमा चुनावी प्रतिस्पर्धा गर्दै आएका छन् । उनी पराजित भएपनि स्थानीयका समस्यामा जोडिएर सहयोग गरे । पार्टीले भन्दा व्यक्तिगत रुपमा क्षेत्रका समस्या समाधान गर्न प्रयास गरे । गाउँमा संगठन निर्माण गर्ने र स्थानीयमा घुलमिल हुने उनको प्रयासले लिङ्देनलाई जितका लागि सहयोग गर्यो । उनको सरल र मिजासिलो स्वभाव पनि सिटौलाको पराजयका लागि आधार तयार गर्यो ।

तपाईको प्रतिक्रिया