Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, ८ भदौ २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका ३९ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ७५ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८ सय ६ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार २ सय ३४ जनाको परीक्षण गरिएको छ । हालसम्म पीसीआर विधिबाट ६ लाख १४ हजार २ सय ७८ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ११ हजार २ सय ७५ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् । हालसम्म कोरोना संक्रमित भई आईसोलेसनमा १३ हजार ७ सय १५ जना व्यक्तिहरु उपचाररत रहेका छन् ।
यसैगरी हालसम्म हुम्ला, मुस्ताङ गरी २ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।

यसैबीच, नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ५७ जना पुगेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको औपचारिक रुपमा पुष्टि गरेको छ ।

मृत्यु हुनेमा काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला र रुपन्देहीकै ३८ वर्षीय, ५३ वर्षीय र ५४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
त्यसैगरी मोरङका ६५ वर्षीय पुरुष, सुनसरीका ६८ वर्षीय पुरुष र पर्साकी ७० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।

तपाईको प्रतिक्रिया