Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झगेन्द्र खड्का
गौरादह, ६ भदौ २०७७ । कोरोना भाइरस संक्रमणको जोखिम बढेसंगै बजार बन्द गरिदा चौक चौकमा बजार लाग्न थालेको छ। भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारी तवरबाट लकडाउन र पछिल्लो समय स्थानीय तहबाट निषेधाज्ञा जारी गरिदा मानिसहरू जमघट हुने चौकमा पनि बजार लाग्न थालेको छ।

आधिकारिक रुपमा बजारको घोषणा भएका ठाउँमा लाग्ने सानातिना बजारहरु पनि स्तरीय बजारमा परीणत भएका छन। बजार नलाग्ने सानतिना चौकमा मानिसहरुको जमघट हुने स्थानमा ब्यापारीहरु ब्यापार गर्न बसेपछि ती स्थानहरुले बजारको रुप लिएका हुन। लकडाउनका कारण मुख्य बजारहरु बन्द गरिदा ब्यापारीहरु ब्यापार गर्न गाउँका सानातिना चौकमा बसेर ब्यापार गरिरहेका छन।

सानातिना चौकहरुमा मानिसहरुको आवतजावत हुने र सोही स्थानमा ब्यापारीहरु ब्यापार गर्न आउदा सामनहरु बिक्री हुदा ब्यापारीहरु चौक तर्फ आकर्षित भएका हुन। केही ब्यापारीहरुले सिटिसफारी तथा अन्य साना सवारीसाधनमा समान बोकेर गाउँ-गाउँमा घुम्ती ब्यापार समेत गरिरहेका छन। सामान्य मानिसहरुको जमघट हुने चौकमा चिया नास्ता र किराना समान बिक्री हुने गरेको थियो। आधिकारिकरुपमा घोषणा भएका बजारहरु बन्द गरिदा गाउँका चौकमा लाग्ने बजार फस्टाएको छ।

गाउँका चौकमा बजार लागेपनि ठाउँ अभाबका कारण सडक पेटीमै बजार लाग्ने गरेका छन। गाउँ घरमा उत्पादन भएका तरकारीहरु बजार सम्म लगेर बिक्री गर्ने अबस्था नभएपछि स्थानीय स्तरका चौककै बजारमा सामान बिक्री गर्ने गरेका छन।आफुलाई चाहिएको सामान घर नजिकै चौकमा पाइएपछि ग्राहकहरु पनि नजिकै चौकमा सामान किन्न आउने गरेका छन। गाउँ कै चोकमा बजार लाग्न थालेपछि गाउँका ब्यापारीलाई सामान बेच्न र ग्राहकलाई सामान किन्न टाढाका बजार सम्म धाउनु नपरेकाले सहज भएको गौरादह नगरपालिका वडा नं.८ का लाल बहादुर गुरुङ बताउँछन्।

गौरादह नगरपालिका भित्रका आधिकारिक बजार घोषणा भएका जुरोपानी,बैराती,दुधाली र फकिरढीप जस्ता साना बजारहरु केही स्तरोउन्नती भएका छन। पहिलेको तुलनामा बजार बढ्नुका साथै व्यापार बढेको देखिन्छ। गाउँका तथा आसपासका ब्यापारी चौक तथा साना बजारमा ब्यापार गर्न आउदा बजारको स्वरुप फेरिएको गौरादह नगरपालिका वडा नं.७ का दुर्गा ढकाल बताउँछन्।

आधिकारिक रुपमा बजारको घोषणा नगरिएका केही चौकहरु पनि बजारमा परिणत भएका छन। गौरादह नगरपालिका वडा नं.७ को पुरानो ग्वालडुब्बा चौकलाई आधिकारिक रुपमा बजारको घोषणा गरिएको छैन। लकडाउन भएपछि पुरानो ग्वालडुब्बा चौक बजारको रुपमा परिणत भएको छ। आदिवासीहरुको बाहुल्यता रहेको पुरानो ग्वालडुब्बा चौकमा बजार नलागेपनि बिहान बेलुका बजार सरह नै मानिसहरुको जमघट हुने गरेकको थियो। लकडाउन भएपछि पुरानो ग्वालडुब्बा चौकमा बेलुकी पख दैनिक बजार लाग्न थालेको छ। साग सब्जी कपडा सहित बजारमा पाइने अन्य सामानहरु खरिद बिक्री हुने गरेको छ।
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया