Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, ६ भदौ २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका ३९ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ३६ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ५ सय १९ जनाको परीक्षण गरिएको छ । हालसम्म पीसीआर विधिबाट ५ लाख ९२ हजार ४ सय १८ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ११ हजार ६ सय ५८ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् । हालसम्म कोरोना संक्रमित भई आईसोलेसनमा १२ हजार ६ सय २१ जना व्यक्तिहरु उपचाररत रहेका छन् ।

यसैगरी हालसम्म हुम्ला, मुस्ताङ र म्याग्दी गरी ३ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।

यसैबीच, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जनाको मृत्यु भएको हो । योसँगै मृतकको संख्या १४६ पुगेको हो ।

तपाईको प्रतिक्रिया