मंगलबार, चैत्र ०७, २०७९
Tuesday, March 21, 2023

गौरादह, ५ भदौ २०७७ । समुदायमा कोरोना भाइरस फैलने त्रास बढदै गएपछि हालको महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै गौरादह नगरपालिका भित्रका अत्यावश्यक सेवा बाहेकका अन्य सबै पसल तथा व्यवसाय भोलिदेखि लागु हुने गरि बिहान १० देखि बेलुकी ४ बजेसम्म खुल्ने भएको छ ।

गौरादह उद्योग वाणिज्य संघको आज बसेको कार्यसमितिको बैठकले उक्त कुराको निर्णय गरेको हो । बजारमा हुने भिडभाडले अझ जोखिम बढनुका साथै नजिकका स्थानीय तह दमक, गौरीगंजका समुदायमा कोरोना संक्रमण भेटिएकोले सोही कुरालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जेबी कार्कीले जानकारी दिएका छन् । औषधी तथा अस्पताल सेवा, पशु स्वास्थ्य सेवा र दुध तथा डेरी व्यवसाय नियमित रुपमा नै चलिरहने कार्कीले बताए ।

यस्तै, संघले व्यवसायीहरुले आफू स्वंयको समेत स्वास्थ्य सुरक्षाको सतर्कतामा ध्यान दिँदै र स्वास्थ्य सुरक्षा सम्बन्धि नियमको पालना सहित व्यवसाय सञ्चालन गरिदिन आग्रह समेत गरेको छ । यदि, संघको नियम उल्लघंन गरि व्यापार व्यवसाय सञ्चालन गरिएको भेटिएमा व्यवसायीलाई जरिवाना समेत गरिने जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया