Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, ४ भदौ २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका ३९ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप ७ सय ७ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय ६४ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९ सय ६४ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ८ सय ३२ जनाको परीक्षण गरिएको छ ।

हालसम्म पीसीआर विधिबाट ५ लाख ६६ हजार २ सय २० जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा ११ हजार ७ सय ६८ जना व्यक्तिहरु रहेका छन् ।

हालसम्म कोरोना संक्रमित भई आईसोलेसनमा ११ हजार ५ सय ५५ जना व्यक्तिहरु उपचाररत रहेका छन् । यसैगरी हालसम्म भोजपुर, हुम्ला, मनाङ र मुस्ताङ गरी ४ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट थप ६ को मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

बिहीबार आयोजित कोभिड-१९ नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार मृत्यु हुनेमा काठमाडौं र पर्साका १ –१ महिला तथा मकवानपुर, सप्तरीका १–१ जना पुरुष र पर्साका २ पुरुष गरी ६ जनाको मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

तपाईको प्रतिक्रिया