Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, ३ भदौ २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका ३९ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप ६ सय ८१ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय २० जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ५ सय २२ जनाको परीक्षण गरिएको छ । हालसम्म पीसीआर विधिबाट ५ लाख ५४ हजार ३ सय ८८ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा १३ हजार ५ सय ७१ जना व्यक्तिहरु रहेका छन् । हालसम्म कोरोना संक्रमित भई आईसोलेसनमा ११ हजार १ सय १८ जना व्यक्तिहरु उपचाररत रहेका छन् ।

यसैगरी हालसम्म डोल्पा, हुम्ला, मनाङ र मुस्ताङ गरी ४ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।

यसैबीच, नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा मुलुकका ६ जिल्लामा ६ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो ।
मृत्यु हुनेमा काठमाडौं र बर्दियाका १–१ पुरुष तथा मोरङ, भक्तपुर, चितवन र सुनसरीका १–१ जना महिला गरी ६ जना छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ ।

तपाईको प्रतिक्रिया