Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, ३ भदौ २०७७ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको छ । उनका छोरा राजीव घिमिरेका अनुसार पछिल्लो समय बिरामी राष्ट्रकविको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।

घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर(किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।

घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।

उनले राष्ट्रिय गीत, गाउँछ गीत नेपाली का साथै तारादेवीले गाएको मनको बाँधु चलचित्रको , फूलको थुङ्गा बगेर गयोु तथा नारायणगोपालले गाएको, आजै र राति के देखेँ सपनाुजस्ता गीत पनि रचेका थिए ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।कान्तिपुर

तपाईको प्रतिक्रिया