Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, २ भदौ २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका ३९ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप १ हजार १६ जनामा संक्रमण पुष्टि भएको बताए ।
गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ८५ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ८० पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ४ सय ६१ जनाको परीक्षण गरिएको छ । हालसम्म पीसीआर विधिबाट ५ लाख ८२ हजार ८ सय ६६ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा १३ हजार ९ सय २६ जना व्यक्तिहरु रहेका छन् ।

हालसम्म कोरोना संक्रमित भई आईसोलेसनमा १० हजार ५ सय ६३ जना व्यक्तिहरु उपचाररत रहेका छन् ।

यसैगरी हालसम्म डोल्पा, हुम्ला, मनाङ र मुस्ताङ गरी ४ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।

यसैबीच, नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको हो ।
मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका १ –१ जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी छिन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

तपाईको प्रतिक्रिया