Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झगेन्द्र खड्का
गौरादह, २ भदौ २०७७ । कोरोना भाइरसको संक्रमण फैलिए सँगै स्थानीय तहमा लकडाउन र सिल गरिदा तरकारीको मूल्य आकासीएको छ। कोरोना भाइरसको संक्रमणका कारण सवारीसाधन संचालन नहुदा अन्य जिल्लाबाट आयात हुने तरकारी आउन नसकेकाले तरकारीको मूल्य बढेको हो।

गाउँ घरका किसानहरुले खेतमा धान रोपेपछि तरकारी लगाउने ठाउँ नहुदा तरकारीको उत्पादन घटेको छ। गाउँ घरमा व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका किसानहरुले पानी नजम्ने डाँडो खेत अभावमा प्रसस्त तरकारी उत्पादन गर्न सकेका छैन। केही किसानहरुले आफुलाई चाहिने तरकारी आफ्नो बारिमा उत्पादन गरिरहेका छन।

बिहान बेलुका तरकारी सबैलाई आवश्यक हुन्छ। लकडाउन वा सिल गरिएपनि दैनिक आवश्यक पर्ने तरकारी पसल भने बन्द गरिएको छैन। घरमा तरकारी नहुनेहरु गोजिमा पैसा र हातमा झोला लिएर तरकारी किन्न बजार आउछन। तरकारी किन्न बजार आएका मानिसहरु तरकारीको मूल्य सुन्न साथ झस्किन्छन।ग्राहकले तरकारीको मूल्य सोद्धा ब्यापारीहरुले के।जि।मा नबताई पावामा मूल्य बताउछन।कोहि ब्याक्ती हातमा झोला बोकेर तरकारी बजारमा पसेमा मेरो पसलमा आएर तरकारी किनिदिए हुन्थियो भनेर दाउ हेरेर बसेका ब्यापारीले केजिमा मूल्य बताएमा ग्राहकहरु तर्सिएर भाग्छन भनेर सानो स्केल पावामा बताउँछन्।

बजारमा तरकारीको मूल्य अत्याधिक महंगो भएकाले थोरै पैसा बोकेर वा पैसा कम हुने ब्याक्ती तरकारी किन्न बजार नगएपनि हुने गौरादह नगरपालिका-८ कि बिमला भण्डारी बताउछिन।कोरोना भाइरस संक्रमणका कारण दैनिक ज्यालादारीमा काम गर्नेहरुले रोजगारी नपाएको समयमा तरकारीको मूल्य आकाशीदा दैनिक काम गरेर कमाएको पैसाले किनि खाने ब्याक्तीका परिवारहरु समस्यामा परेका गौरादह-७ का जोगेश माक्रा बताउछन।दक्षिणी क्षेत्रको गौरादह, ग्वालडुब्बा, गौरीगंज क्षेत्रमा तरकारी व्यावसाय गर्ने ब्यापारीहरु आफुले होलसेलमा तरकारी खरिद गरेको मूल्य नै महंगो परेकाले महंगोमा बिक्री गर्नु परेको बताउँछन्।

दैनिक उपभोग गरिने तरकारी उत्पादनमा स्थानीय किसानलाई प्रबर्द्धन गर्न आवश्यक रहेको गौरादह उद्योग बाणिज्य संघ अध्यक्ष जेबि कार्की बताउँछन्। स्थानीय स्तरमा तरकारीको उत्पादन कमी हुदा बाहिय क्षेत्रबाट आयत हुने तरकारीको मूल्य बढी भएको अध्यक्ष कार्की बताउँछन्।स्थानीय स्तरमा तरकारीको उत्पादन बढाउन सके आफ्नै ठाउँका किसानहरुको आय आर्जन हुनुका साथै तरकारीमा परनिर्भरताको अन्तय हुने अध्यक्ष कार्कीको भनाइ छ। बाहय क्षेत्रबाट आयत हुने तरकारी खरिद गर्नु पर्दा महंगो मूल्य तिर्न बाध्य हुनु परेको कार्कीले बताए। अहिले बजारमा आलु प्रति केजि ७०,स्कुस ६०,घिउ सिमि १ सय ६०,टमाटर ८०,भिन्डी १००,खुर्सानी २००, डल्ले खुर्सानी ४००,बन्दा ४०,लसुन ३२०,प्याज ५०,बैगुन १०० पर्बल १२०,करेला १२०, अदुवा २०० रुपैयाँ केजि रहेको छ। काँक्रा प्रतिगोटा ५०, हरियो साग प्रति मुठा ३० रहेको गौरादहको तरकारी ब्यापारी पुनम मण्डल बताउँछिन्।

स्थानीय क्षेत्रमा तरकारीको उत्पादन बढाउन नगरपालिकाले प्रक्रिया सुरु गरिसकेको गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह बताउछन। नगरभित्र रहेका व्यावसायिक तरकारी खेती गर्ने किसानहरुलाई प्रबर्द्धन गर्न नगरपालिकाले यस आर्थिक बर्षमा नीति कार्यक्रम र बजेटमा समाबेश गरिसकेकाले आगामी दिनमा यो समस्या झेल्नु नपर्ने मेयर शाहको भनाइ छ।
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया