Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, १ भदौ २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका ३९ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप ५ सय ८१ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ६० जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ९५ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ५ सय २० जनाको परीक्षण गरिएको छ । हालसम्म पीसीआर विधिबाट ५ लाख २९ हजार ४ सय २७ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा १५ हजार १ सय ९८ जना व्यक्तिहरु रहेका छन् ।

यस्तै, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म प्रदेश अनुसार आइसोलेसनमा रहनको संख्या प्रदेश १ मा ९ सय १०, प्रदेश २ मा १ हजार ८ सय ६७, बागमति प्रदेशमा २ हजार २ सय १८, गण्डकी प्रदेशमा २ सय ९७, प्रदेश ५ मा ७ सय ३५, कर्णाली प्रदेशमा २ सय १२ र सुदुर पश्चिम प्रदेशमा ७ सय ९९ जना गरि हालसम्म कोरोना संक्रमित भई आईसोलेसनमा ७ हजार ३८ जना व्यक्तिहरु उपचाररत रहेका छन् ।

यसैगरी हालसम्म संखुवासभा, डोल्पा, हुम्ला, मनाङ र मुस्ताङ गरी ५ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।

यसैबीच, नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा मोरङ जिल्लाका ६० वर्षीय पुरुष र काठमाडौँकी ५८ वर्षीया महिला र रौटहटका ३२ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।

तपाईको प्रतिक्रिया