Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

लेखा परीक्षण प्रतिवेदनले औंल्याएका गौरादहका १० बेथीतिहरु

के हो आन्तरिक नियन्त्रण प्रणाली ?

डण्डिराज घिमिरे
गौरादह, १ भाद्र २०७७ । गौरादह नगरपालिकाले आन्तरिक नियन्त्रण प्रणाली कार्यन्वयन नगरेको खुलासा भएको छ । स्थानीय सरकार संचालन ऐन २०७४को दफा ७८ बमोजिम स्थानीय तहले अनिबार्य आन्तरिक नियन्त्रण प्रणाली कार्यन्वयन गर्नुपर्ने ब्यवस्था गरेको भएता पनि गौरादह नगरपालिकाले भने कार्यन्वयन नगरेको पाइएको छ ।

महालेखा परीक्षको ५७ औं बार्षिक प्रतिवेदन २०७७ का अनुसार गौरादह नगरपालिकामा आर्थिक नियन्त्रण कार्यविधि समेत छैन । प्रतिवेदनका अनुसार आन्तरिक लेखा परीक्षण समेत गराएको छैन नगरपालिकाले ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

स्थानीय तहले आफ्नो कार्यालयबाट सम्पादन गरिने कार्य मितव्ययी, प्रभावकारी, नियमितता र कार्य दक्षतापूर्ण ढङ्गबाट सम्पादन गर्न, वित्तीय प्रतिवेदन प्रणालीलाई विश्वसनीय बनाउन तथा प्रचलित कानून बमोजिम कार्य सम्पादन गर्न आ–आफ्ना कामको प्रकृति अनुसारको आन्तरिक नियन्त्रण प्रणाली तयार गरी कार्यान्वयन गर्नुपर्छ ।

महालेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदनले गौरादह नपाको बेथीति बढ्नुको कारण आन्तरिक नियन्त्रण कार्यविधि नहुनु बताएको छ । स्थानीय सरकार संचालन ऐन मिचेर गौरादह नपाका गतिविधिहरु धमाधम सक्रिय हुँदैछन् ।

आन्तरिक नियन्त्रण प्रणाली कार्यविधि नहुँदा महालेखाले औंल्याएका गौरादहका १० बथीतिहरु ः

१. नगरपालिकाको आन्तरिक लेखा परीक्षण नभएको ।
२. प्रत्येक कर्मचारिका पदको कार्यविवरण बनाई लागु नगरेको ।
३. सार्बजनिक खरिद नियमावली २०६४ को नियम ११२ बमोजिम निर्माण कार्यको विमा नगरेको ।
४. कार्यलयले बर्षभरी सम्पादन गरेको कामको बार्षिक आर्थिक कारेवार प्रतिवेदन तयार नगरेको ।
५. भ्रमणको अभिलेख खाता नराखेको ।
६. भ्रमण प्रतिवेदन तयार गरी पेश गर्ने गरेको नपाइएको ।
७. उपभोक्ता समितिबाट निर्माण सम्बन्धि कार्य गर्दा सार्वजनिक खरीद ऐन तथा खरीद नियमावली बमोजिमको खरिद विधि नअपनाएको ।
८. मुख्य केही योजनाको लागत अनुमान तयार, स्वीकृति, नापी मूल्याँकन, ठेक्का विल, कार्य सम्पन्न प्रतिवेदनमा स्वीकृत गरेको मिति उल्लेख नगरेको ।
९. जिन्सि निरीक्षण प्रतिवेदन बमोजिम मर्मत तथा लिलाम गर्नुपर्ने भनी उल्लेख भएकोमा सो को कार्यन्वयन नभएको ।
१०. उद्देश्य प्राप्तिमा आइपर्ने सम्भावित जोखिमको पहिचान गरी निराकरण नगरेको ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

किन बनाएनन् गौरादह नगरपालिकाका जनप्रतिनिधिले तीन बर्ष बितिसक्दा पनि आन्तरिक नियन्त्रण कार्यविधि ? बेथीतिका लागि अनुकुल वातावरण बनोस् भन्ने नियत बाहेक के हुन सक्छ कार्यविधि नबनाउनुमा ?

महालेखाको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७५। ०७६ को गौरादह नगरपालिकाको बेरुजु रकम ७ करोड ७२ लाख १२ हजार देखिएको छ । महालेखा परिक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५७ औं वार्षिक प्रतिवेदन २०७७ अनुसार गौरादह नगरपालिकाले बेरुजु ५ दशमलव २० प्रतिशत रहेको छ । गौरादह नगरपालिकाको यो बेरुजु झापाका १५ वटा स्थानिय तह मध्ये सबै भन्दा बढी हो ।

लेखा परीक्षण प्रतिवेदनमा भनिएको छ गर्दा गौरादह नगरपालिकाले आन्तरिक नियन्त्रण कार्यबिधि बनाएको सम्म पनि छैन ।

के हो आन्तरिक नियन्त्रण प्रणाली ?
स्थानीय तहले आफ्नो कार्यालयबाट सम्पादन गरिने कार्य मितव्ययी, प्रभावकारी, नियमितता र कार्य दक्षतापूर्ण ढङ्गबाट सम्पादन गर्न, वित्तीय प्रतिवेदन प्रणालीलाई विश्वसनीय बनाउन तथा प्रचलित कानून बमोजिम कार्य सम्पादन गर्न आ–आफ्ना कामको प्रकृति अनुसारको आन्तरिक नियन्त्रण प्रणाली तयार गरी कार्यान्वयन गर्नुपर्छ ।

आन्तरिक नियन्त्रण प्रणाली तयार गर्दा कामको प्रकृति अनुरूप जोखिम क्षेत्रको पहिचान, नियन्त्रणको वातावरण, सूचनाको बिश्वसनीयता र आदान प्रदान, अनुगमन तथा मूल्याङ्कन जस्ता बिषयलाई समेत समेट्नु पर्दछ ।

आन्तरिक नियन्त्रण प्रणालीको अनुगमन गर्नको लागि गाउपालिका वा नगरपालिकाको अध्यक्ष, प्रमुख वा जिल्ला समन्वय समितिको प्रमुख आफैले वा जिम्मेवार अधिकारी तोकी अनुगमन गर्ने व्यवस्था मिलाउनु पर्नेछ । अनुगमनबाट देखिएका त्रुटिलाई सुधार गरी आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउने जिम्मेवारी सम्बन्धित अध्यक्ष, प्रमुख वा जिल्ला समन्वय समितिको प्रमुखको हुन्छ ।

गाउपालिका तथा नगरपालिकाले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउन सार्वजनिक परीक्षण, सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाई जस्ता कार्यक्रम सञ्चालन गर्नु पर्दछ ।

तपाईको प्रतिक्रिया