Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, २९ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका ३८ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप ५ सय २५ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ९ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ८ सय ३७ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ८ सय ५९जनाको परीक्षण गरिएको छ । हालसम्म पीसीआर विधिबाट ४ लाख ८३ हजार २८ जनाको परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा ११ हजार ५८ जना व्यक्तिहरु रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म प्रदेश अनुसार आइसोलेसनमा रहनेमा प्रदेश १ मा ७ सय २५, प्रदेश २ मा ३ हजार ५ सय ८९, बागमति प्रदेशमा १ हजार ७ सय ३, गण्डकी प्रदेशमा २ सय ४२, प्रदेश ५ मा ६ सय ८०, कर्णाली प्रदेशमा २ सय १६ र सुदुर पश्चिम प्रदेशमा ८ सय ७० जना गरि हालसम्म कोरोना संक्रमित भई आईसोलेसनमा ८ हजार २५ जना व्यक्तिहरु उपचाररत रहेका छन् ।

यसैगरी हालसम्म संखुवासभा, डोल्पा, हुम्ला, मनाङ र मुस्ताङ गरी ५ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।

यसैबीच, कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार धनुषाको मिथिला नगरपालिका ७ ढल्केवरका ८५ वर्षीया महिलाको साउन २८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।
यस्तै अछामको रामारोशन गाउँपालिका—५ का १८ वर्षीय किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मुटुरोगबाट ग्रसित थिए ।

मोरङको विराटनगर महानगरपालिका—३ का ५७ वर्षीय पुरुषको साउन २८ गते कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए । यसैगरी महोत्तरीको महोत्तरी मटिहानी नगरपालिका ६ का ४५ वर्षिय पुरुषको साउन २५ गते मृत्यु भएको उनले बताए । क्षयरोग र मधुमेहका ग्रसित उनको राज जानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया