Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, २५ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका ३८ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप ३ सय ८० जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ४० जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय ५३ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ५ सय १५ जनाको परीक्षण गरिएको छ । हालसम्म पीसीआर विधिबाट ४ लाख ४३ हजार ८ सय ४ जनाको परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा ११ हजार ३८ जना व्यक्तिहरु रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म प्रदेश अनुसार आइसोलेसनमा रहनेमा प्रदेश १ मा ५ सय ११, प्रदेश २ मा ३ हजार ७५, बागमति प्रदेशमा १ हजार १ सय ३२, गण्डकी प्रदेशमा २ सय ३७, प्रदेश ५ मा ४ सय ४६, कर्णाली प्रदेशमा १ सय ६९ र सुदुर पश्चिम प्रदेशमा ९ सय ७४ जना गरि हालसम्म कोरोना संक्रमित भई आईसोलेसनमा ६ हजार ५ सय ४४ जना व्यक्तिहरु उपचाररत रहेका छन् ।

यसैगरी हालसम्म खोटाङ्ग, धनकुटा, संखुवासभा, डोल्पा, हुम्ला, मनाङ र मुस्ताङ गरी ७ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।

यसैबीच, कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।
कोरोना संक्रमित कास्कीको पोखरा महानगरपालिका(१९ का ६२ वर्षीय पुरुषको शनिबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
मधुमेहका रोगी ती पुरुषमा साउन १७ गते कोभिड(१९ पुष्टि भएको थियो । त्यसपछि उनी अस्पतालको आईसीयूमा भर्ना भइ उपचाररत थिए ।
यस्तै, पर्सा वीरगन्ज महानगरपालिका(२ बस्ने २० वर्षीया महिलाको शनिबार दिउँसो मृत्यु भएको छ । हाइपो थाइरोडिजमकी बिरामी ती महिलालाई थप उपचारका लागि नारायणी अस्थायी कोरोना विशेष अस्पतालमा र्पुयाइएको थियो । अस्पतालममा र्पुयाउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मृत्युपश्चात ती महिलाको स्वाब परीक्षण गर्दा आइतबार कोरोना पुष्टि भएको मन्त्रालयले बताएको छ ।

तपाईको प्रतिक्रिया