Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

शान्ति सुब्बा
गौरादह, २४ साउन २०७७ । झापाको गौरादह नगरपालिकामा गौरादह बजारका व्यवसायी र दुई वटा क्वारेन्टाइनहरुमा बसेका गरि १ सय १५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि पठाइएकोमा १ सय ३ जनाको रिपोर्ट नेगेटिभ आएको गौरादह नगरपालिका स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए । जसमा १५ महिला र ८८ पुरुष गरि १ सय ३ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

उनिहरु सबैको नोजल र थ्रोट स्वाब संकलन गरि वि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाइएको थियो । जसमा ग्वालडुब्बा-७ जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बसेका २५ जना मध्ये१२ जनाको पीसीआर नमुना परीक्षणको क्रममा रहेकोले आज बेलुका सम्म रिपोर्ट आइसक्ने गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ ।

गौरादहमा समुदायमा कोरोना संक्रमण फैलिएको छ छैन भनि पत्ता लगाउन यहि साउन २० गते समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने औषधि व्यवसायी, मासु व्यवसायी, फलफुल व्यवसायी, होटल व्यवसायी, सैलुन व्यवसायीहरु गरि ६९ जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको थियो । जसमा ९ महिला र ६० पुरुष रहेका छन् । उनिहरु गौरादह १, २ र ३ का बासीन्दा रहेका छन् ।

यस्तै, सोहि दिन गौरादह-५ स्कुलचौन मा.वि. को क्वारेन्टाइनमा बसेका २१ जनाको स्वाब संकलन गरिएको थियो । उनिहरु गौरादह-४, ५, ६ र ९ नं. वार्डका रहेका छन् । भने, उनिहरु भारत, साउदी अरब, मलेसीया र कतार बाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका थिए ।

यस्तै, ग्वालडुब्बा-७ जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बसेका २५ जना रहेका छन् । उनिहरु गौरादह- १, ३, ६, ७ र ८ का वार्डका बासीन्दा रहेका छन् । उनिहरु सबै भारत, साउथ कोरिया, दुवई, मलेसिया बाट आएर स्थानीय क्वारेन्टाइनमा आएर बसेका थिए ।

पीसीआर परीक्षणका लागि ३ वर्षको बालक देखि ५९ वर्ष सम्मका समूहको व्यक्तिहरुको स्वाब संकलन गरिएको थियो ।

गौरादहमा यसअघि जेठ १४ गते पहिलो पटक २ पुरुषमा, जेठ २३ गते थप अर्को एक पुरुषमा, जेठ २८ गते पहिलो पटक एक महिलामा र असार १७ गते ४ पुरुषमा र ३ महिलामा र असार २३ गते एक वृद्ध महिलामा संक्रमण पुष्टी भएसँगै गौरादहमा कोरोना संक्रमितको संख्या ५ महिला र ७ पुरुष गरि १२ पुगेको छ । कोरोना संक्रमित १२ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया